झापा, २४ चैत्र /झापाको बिर्तामोड नगरपालिका ५ स्थित बुट्टाबारीबाट प्रहरीले १५ क्विन्टल सुपारी सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बुधबारे ९ का झलेन्द्रकुमार रिजाल रहेका छन् । रिजाललाई आज बिहान सवा २ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो प्रहरी जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा धरानबाट धुलाबारीतर्फ जाँदै गरेको मे १ ज ४५७३ नम्बरको पिक अफ भ्यानमा लोड गरी लैजादै गरेको उक्त परिमाणको सुपारी बरामद गरीएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
बरामद सुपारीसहित भ्यान र चालकलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको छ प्रहरीले जानकारी दिएको छ ।