विराटनगर, २२ चैत/ विराटनगर–१४ जतुवामा रहेको गुरुकुल माविमा लैङगिक हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ ।
सामुदायिक सेवा केन्द्र तिनपैनीले आज आयोजना गरेको कार्यक्रममा जतुवाका ६० जना महिलाहरुको सहभागिता थियो । कार्यक्रममा सहभागिलाई प्रहरी साहयक निरिक्षक सरस्वती राई र प्रहरी जवान ओमप्रकाश पौडयालले लैङगिक हिंसाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा गुरुकुल विद्यालयका स्वामीले धार्मिक दृष्टीले पनि महिलालाई सम्मान गर्नु पर्ने बताए । कार्यक्रममा गुुरुकुल विद्यालयका प्राध्यानाध्यापक हरिप्रसाद ढुङगाना, सामुदायिक सेवा केन्द्र तीनपैनीका अध्यक्ष मिना जोशीले लैङगिक हिंसा अन्त्यकालागि सबै सचेत हुनु पर्ने बताएका थिए