AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई महानगरपालिका बनाउन भन्दै ज्ञापन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ चैत्र २०७३, शनिबार १७:१६
3
Shares

विराटनगर, १९, चैत / नेपाली कांग्रेस नगर समिति विराटनगरले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएको छ ।

विराटनगरलाई महानगरपालिका बनाउन भन्दै नगर समितिले आज कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । विराटनगर ऐतिहासिक शहर , नेपालको दोस्रो शहर भएर पनि उपमहानगरपालिकामै सीमित भएको भन्दै महानगरपालिका बनाउन नगरसमितिले माग गरेको छ ।

विराटनगर भन्दा पछाडि विकास भएका शहरहरु महानगरपालिका भएका तर विराटनगर उपमहानगरपालिका मै सीमित भएकाले विराटनगरवासीको चाहना भनेको विराटनगरलाई महानगरपालिका बनाउने भएकाले महानगरपालिकाका लागि पहल गर्न आग्रह गरिएको छ ।

विराटनगरको विकासको गतिविधिका बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा नगर कार्य समितिका सदस्यहरुका साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर