RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७३, शुक्रबार १९:१७
3
Shares
विराटनगर, १८ चैत / सरकारको चालु आर्थिक वर्ष २०७३/२०७४ को नीति तथा कार्यक्रममा समावेश राष्ट्रपति महिला उत्थान कार्यक्रम मोरङमा शुरु भएको छ ।
कार्यक्रम अन्र्तगत अनौपचारिक श्रममा संलग्न महिलाहरुलाई ३ महिने सिलाई कटाई र व्युटि पार्लर तालिम दिईने भएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम ५ वर्षे अवधारणका साथ शुरु भएको महिला तथा बालबालिका कार्यलयकी प्रमुख महिला विकास अधिकृत दुर्गा भण्डारी बरालले बताइन् ।
महिला शशक्तिकरणका लागि शुरु भएको सीप मुलक तालिमलाई व्यवहारमा उतार्न सके सरकारको नीति सफल हुने प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले बताए ।
तालिम पछि व्यवसायिक बन्नका लागि स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले आग्रह गरे ।
साविकका ५० वटा गाविसवाट सहभागि महिलाहरुलाई मनमोहन स्मृति पोलिटेक्निक र शैलजा आचार्य स्मृति पोलिटेक्निकमा सिलाई कटाई र व्युटिपार्लरको तालिम दिईने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर