विराटनगर, १८ चैत / एसियन लेबल क्विज मेनिया प्रतियोगिताको छैटौं चरणको लागि विराटनगरबाट अरनिको कलेज छनौट भएको छ ।
एक्रेटिभ मिडियाको आयोजनामा विराटनगरमा भएको अडिसनबाट २१ कलेजलाई पछि पार्दै विराटनगरमा रहेको अरनिको कलेज छनौट हुन सफल भएको हो । अरनिको कलेजबाट छनौट हुनेहरुमा सागर निरौला, अंकित खरेल रहेका छन् ।
छनौट तथा सहभागि कलेका विद्यार्थीलाई नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल,अरनिको कलेजका फाउण्डर प्रिन्सिपल राजबहादुर कुवँर, गायकहरु हिमाल सागर र विक्रम कालिकोटे तथा कलेजका प्रिन्सिपल राजेश कार्काीलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
विराटनगर, इटहरी, विर्तामोड, चितवन, बुटवल, दाङ, धनगढी, नेपालगञ्ज, पोखरा, ललितपुर, भक्तपुर र काठमान्डौंबाट २४ कलेजको छनौट हुने कार्यक्रम निर्माता हरि पोखरेलले जानकारी दिए
निर्माता पोखरेलका अनुसार २४ बाट पनि छनौट भई एउटा कलेजले नेपालको प्रतिनिधीत्व गर्ने बताए । प्रतियोगितामा नेपालसहित ४८ वटा देशको सहभागिता रहेछ ।
कार्यक्रममा गायक हिमाल सागरले आप्mनो चर्चित गीतहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गरे । गायक सागरले गाएको गीतमा महानायक हमालदेखि कलेजका विद्यार्थीलगायतले नाचेका थिए । साथमा अर्का गायक विक्रम कालिकोटेले पनि गीत प्रस्तुत गरी थप मनोरञ्जन दिए ।