AArya
RUMPUM
animated ellipse animated ellipse

औषधि ब्यवसायीलाई लग्यो चुनाव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७३, बिहीबार १८:११
3
Shares
विराटनगर, १७ चैत / नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाको नयाँ नेतृत्वको लागि कडा प्रतिस्पर्धा हुने भएको छ ।
आउँदो चैत २६ गते विराटनगरमा हुने संघको निर्वाचनको लागि अध्यक्षमा तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्षको लागि वर्तमान अध्यक्ष लक्ष्मणमाझी चौधरीले पुन दोहर्याउने योजनाको साथ चुनावी माहोल बनाउन व्यस्त रहेका छन् । त्यस्तै संघको पूर्व महासचिब कुमार खतिवडा र हालको उपाध्यक्ष केशव प्रसाद रिजाल पनि भोट माग्दै चुनावी माहोलमा होमिएका छन् ।
संघको महासचिब हुँदा ब्यवसायीहरुको हकहितमा काम गरेर राम्रो छवि बनाएका खतिवडा सशक्त उम्मेदवार रहेको औषधि ब्यवसायीहरु नै बताउछन् । बौद्धिक र सालिन व्यक्तिको रहेका खतिवडा व्यवसायिबिच लोकप्रिय रहरेका छन् । उनले व्यवस्थित, मर्यादित, पारदर्शी र व्यवसायीक मैत्री आफ्नो एजेण्डा रहेको बताए । खतिवडा आफ्नो एजेण्डा सुनाउँदै अहिले ब्यवसायिहरुबिच भोट माग्न व्यस्त रहेका छन् ।
हालको अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा आफु अनुकुलको निर्णाय गरेको भन्दै व्यवसायीबिच आलोचित बनेका छन् । चौधरीले आफ्नो कार्यकालमा संगठनलाई नै निषक्रिय पारेको ब्यापारीहरुले आरोप लगाछन् । यता अध्यक्ष आकंक्षा राखेका रिजालले अन्तिममा आएर आफ्नो उम्मेदवारी फिर्ता लिने सम्भावना प्रवल रहेको स्रोतको भनाई छ । आफ्नो लाईनको व्यक्तिलाई कार्यसमितिमा मिलाउन सके रिजालले अन्तिममा आएर उम्मेदवारी फिर्तासमेत लिनेछन् ।
त्यस्तै उपाध्यक्षमा नारायण खवास र धनबहादुर काफ्लले आकंक्षा देखाए छन् । महासचिबमा हालको महासचिब रहैका हरीमोहन श्रेष्ठ र कार्यसमिति सदस्य मरीराज रेग्मी उम्मेदवारीको घोषणा गर्नुभएको छ । श्रेष्ठले एक साताअघिदेखि नै आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । श्रेष्ठ हालको महासचिब रहरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर