AArya
RUMPUM
animated ellipse animated ellipse

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७३, मंगलवार १७:२०
3
Shares
तेह्रथुम, १५ चैत/जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा तेब्बर बढी कैदीबैदी छन् ।
कैदीबैदी बढी हुँदा उनीहरुले सास्तीसमेत भोगिराखेका छन्। पच्चीस जना क्षमता भएका सो जिल्ला कारागारमा अहिले नौ महिला र दुई बालबालिकासहित ८७ जना कैदी र थुनुवा छन्। यसरी क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुको दैनिकी कष्टकर भएका छन्।
शौचालय, भण्डार, भान्सा, आवास र खानेपानीलगायत क्रियाकलापमा उनीहरुले चर्को समस्या झेलिरहनु परेको कारागार प्रमुख उमेश घिमिरेले बताए।  कारागारमा ६९ जना कैदी र १७ जना थुनुवा रहकोपनि उनले बताए ।
‘२०२८ सालमा स्थापना भएको कारागारको भवनसमेत जीर्ण बनेको छ, अझ त्यसमाथि क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी भएपछि कसरी अटाउने होला?’ उनले भने। कारागारको साढे चारदशक पुरानो भवन गतवर्षको भूकम्पले चर्काएको छ ।
भवन निर्माणका लागि गतवर्ष नै प्रक्रिया अघि बढाउन माग गरिएको भए पनि अहिलेसम्म कुनै प्रयास नभएको कारागार प्रमुख घिमिरेले बताए।  ‘यहाँको तथ्यगत विवरण हामीले पठाएका छौँ, निरन्तर रिपोटिङ र आवश्यक कागजात समेत पठाइरहेका छौँ, तर फाइल मन्त्रालयमै अड्किएको छ,’ उनले भने ।
‘भवन चर्किएको छ, मर्मतको भरमा चलिरहेको भए पनि प्रकोपजन्य घटना घटे ठूलो क्षति पनि हुनसक्छ, प्रमुख घिमिरेले भने। ‘कैदीबन्दी बढी भएकाले शौचालय, भण्डार, भान्सा, खानेपानी लगायतको समस्या हुन्छ। २५ जना अटाउने ठाउँमा ८७ जना बस्नुपर्दा कस्तो होला’ भनी प्रश्न गरे। कारागारको व्यवस्थापनमा पटक÷पटक माग गरेपनि अझै सुनुवाइ नभएको प्रमुख धिमिरेले बताए।
जीर्ण र साँघुरो भवनमा जाडोका महिनामा सन्तोषजनक भए पनि गर्मी र बर्खाका महिनामा भने सास्ती हुने गरेका छन् । भवनको जस्तापाता फाटेर जताततैबाट पानी चुहिँदा बर्खाका तीन महिना बाल्टी थापेर सुत्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।  अहिले पनि पानी पर्दा पानी चुहिएर बन्दीलाई सुत्ने व्यवस्था मिलाउन समस्या छ ।
कारागारको भवन निर्माण तथा स्थानान्तरणका लागि पटक/पटक प्रयास भइरहे पनि गत वैशाख, भदौ र मङ्सिरमा पुनःस्थानान्तरणका लागि लेखापढी गरेर सम्बन्धीत निकायमा पठाएको प्रमुख घिमिरेले बताए।
‘प्रमुख जिल्ला अधिकारीदेखि क्षेत्रीय प्रशासक, विभागका प्रमुख सबैलाई समस्या सुनाएको छु, उनले भने, ‘कति पटक मानवअधिकारकर्मीले पनि कारागार स्थलगत निरीक्षण गरेर फर्केका छन् तर यहाँको अवस्था जस्ताको त्यस्तै छ ।’ तत्कालीन प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीको अगुवाइमा कारागार व्यवस्थापनका लागि म्याङलुङको खाद्य गोदाम आसपासको ९ रोपनी जग्गा दिइने सिफारिस गरिएको छ । तर अहिलेसम्म कुनै प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर