AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा पुलिसलाई अनुशिक्षण तालीम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७३, मंगलवार १६:५१
3
Shares
विराटनगर, १५ चैत / जिल्ला प्रहरी कार्यालय मोरङले मोरङ जिल्ला मातहतमा रहेका प्रह र प्रजहरूको लागि नागरिक मैत्री सेवा र मानव अधिकार विशेष अनुशिक्षण शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्दिप भण्डारीले आज एक कार्यक्रम विच अनुशिक्षणको उदघाटन गरे ।
पाँच दिनसम्म चल्ने तेस्रो चरणको तालीममा प्रह ७, प्रज ४ जना महिला सहित ३० गरी ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा ७ चरणमा संचालन हुने तालीममा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गरी जम्मा २ सय ६० जना प्रहरी कर्मचारीहरूले नागरिक मैत्री सेवा र मानव अधिकार तालीम हासिल गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
तालिम प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक जमुनाकुमारी बस्नेतले प्रतिवेदन प्रस्तुत गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर