AArya
RUMPUM
animated ellipse animated ellipse

मोर्चालाइ निर्वाचनमा सहभागि गराउन सरकार गम्भीर – गृहमन्त्री निधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ चैत्र २०७३, सोमबार १७:५९
3
Shares
विराटनगर, १४ चैत उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले स्थानियतहको निर्वाचनमा मधेशी र्मोचालाई सहभागी गराउन सरकार गंभिर भएर लागेको बताए ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै उनले तोकिएको मितिमा निर्वाचन गराउन सबै प्रक्रिया अघि बढि सकेकाले अब कुनै पनी हालतमा निर्वाचन स्थगित नहुने बताए ।
उनले निर्वाचनका लागी निर्वाचन आयोग तथा राजनितिक दलले आ–आफनो गतिविधि अगाडी बढाइ सकेलाले अब निर्वाचन नरोकिने प्रष्टसमेत पारे ।
उपप्रधानमन्त्री निधिले निर्वाचनमा सहभागी गराउन मधेशी मोर्चासंग वार्ता र छलफल चलिरहेकाले मधेशी मोर्चाले पनी निर्वाचनमा भाग लिने विश्वास व्यक्त गरे ।
निर्वाचन अघि पुरा गर्न सकिने मागलाई पुरा गर्ने र बाकी मागलाई निर्वाचन पछी सम्वोधन गर्दै जाने विषयमा मधेशी मोर्चासंग छलफल चलिरहेको उनले जानकारी दिए ।
अधिकार सम्पन्न संघिय आयोग बनाएर सिमाकंनको विषय टुंग्याउने विषयमा मोर्चासंग छलफल भईरहको र सो विषयमा मोर्चा पनी सकारात्मक रहेको उनले बताए ।
निर्वाचनका लागी पुर्वाञ्चलको सुरक्षा अवस्था बारे जानकारी लिन विराटनगर आएका उपप्रधानमन्त्री निधिले पुुर्वाञ्चलका तिनवटै सुरक्षा निकायका प्रमुखसंग पुर्वाञ्चलको सुरक्षा अवस्था बारे जानकारी लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर