AArya
RUMPUM
animated ellipse animated ellipse

कुखरा पालक कृषकहरुले ७ बुँदे ज्ञापनपत्र बुझाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७३, आईतवार १८:२८
3
Shares
विराटनगर, १३ चैत / कुखरा पालक कृषकहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएका छन् ।
विराटनगरका कुखुरा पालक कृषकहरुले आज मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । उनीहरुले सरकारको तर्फबाट कुखुरा पालन सम्बन्धमा नीति तथा कार्यक्रम जारी गर्नु पर्ने, नेपाल भित्रिने भारतीय कुखुरा रोक्न सरकार कठोर हुुनु पर्ने, चल्ला दानको अधिकतम एमआरपी तत्काल तोक्नु पर्ने माग गरेका छन् ।
यसैगरी उनीहरुले कुखुरा पालक व्यवसायलाई आवश्यक पर्ने कच्चा पदार्थको मूल्यमा वृद्धि भएकाले स्वचालित मूल्य प्रणाली लागू गर्नु पर्ने, उत्पादित जिउँदो कुखुराको मूल्य तोक्ने अधिकार सरोकारवाला वा किसानले मात्र पाउनु पर्ने, कृषि र कृषकलाई राज्यले धान्न सक्ने गरी जिम्मेवार भएर नीतिगत निर्णय लिनु पर्ने लगायतका ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रंमुख जिल्ला अधिकारी कोइरालाले आजै ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय पठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर