AArya
RUMPUM
animated ellipse animated ellipse

लर्ड बुद्धमा सिङ्गिन स्टारको उपाधि दासलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७३, शनिबार २०:१८
3
Shares
विराटनगर, १२ चैत / लर्ड बुद्ध सिङ्गिन स्टार सिजन २ को ग्राण्ड फिनाको उपाधि कक्षा १० की देव्यानी दासले हात पारेकी छिन् ।
उनले ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पार्न सफल भएकी हुन् । फस्ट रनर अप कक्षा ७ की स्टेला रेग्मी भइन भने सेकेण्ड रनर अप कक्षा ८ की मेघा साह भइन् । लर्ड बुद्ध सिङ्गिन स्टार सिजन २ का उत्कृष्ट ६ जनाको निशुल्क गीत रेकर्ड गराइदिने र विजेताले वर्ष भरिकालागि सम्पुर्ण शैक्षिक शुल्कमा पूर्ण छात्रवृत्ति पाउने, फस्ट रनर अपले ७० प्रतिशत र सेकेण्ड रनर अपले ५० प्रतिशत छात्रवृत्ति पाउने स्कूलका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी दिए ।
विजेतालाई कार्यक्रममा प्रमुख अतिथि नेपालका वरिष्ट गायक रामा मण्डल,स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख डा. मनोज राउत,युनिभर्शल लर्ड बुद्ध एकेडमिका अध्यक्ष नितिनचन्द्र गजुरेल लर्ड बुद्ध कलेजका प्रिन्सिपल सरोज भट््टराई र स्कूलका प्रिन्सिपल सि एम श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर