विराटनगर,१२ चैत/ स्थापनाको ३४ औं वार्षिक उत्सवका अवसरमा विराटनगरस्थित शिसु वेवा समितिले विराटनगरका पत्रकार नविनचन्द्र कर्णलाइ पुरस्कृत गरेको छ ।
समितिले आज विराटनगरमा एक समारोहको आयोजना गर्दै पत्रकार कर्णलाई सम्मान गरेको हो । समितिले बालबालिहरुका समस्या र समग्र बालक्षेत्रको विषयमा उत्कृष्ट कलम चलाएको भन्दै कर्णलाई नगद ११ हजार राशि सहितको शिशु सेवा पत्रकारीता पुरस्कार प्रदान गरेको हो ।
विगत वर्षहरुमा अन्य विभिन्न बिधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको शिशु सेवा समितिले यसै वर्ष देखि पत्रकारीताको क्षेत्रबाट बालबालिकाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरेको हो ।
कार्यक्रममा बोल्दै सम्मानित नविनचन्द्र कर्णले उक्त पुरस्कारले आफुलाई बालबालिकाको क्षेत्रमा काम गर्न थप हौसला प्रदान गरेको बताए ।
त्यस्तै ११ हजार राशिकै राष्ट्रिय आदर्श आमा पुरस्कारबाट काठमाण्डौकी बिन्दु ढुङ्गाना र शान्ता राष्ट्रिय उत्कृष्ट बाल पुरस्कारबाट विराटनगरकी एभिनिजा श्रेष्ठलाइ पुरस्कृत गरिएको थियो । साथै शिशु सेवा शिक्षा पुरस्कारबाट पोखरीया माध्यमिक विद्यालयमा अध्ययनरत प्रभा धिताल र सुकुराम मिजारलाइ क्रमस ५ हजार नगद राशि सहित पुरस्कृत गरिएको थियो ।