खबर पूर्वाञ्चल
१२ चैत्र २०७३, शनिबार १६:२२
भाँचिएको मकै हेर्दे कृषक
रबिन्द्र बराल
रंगेली ,१२ चैत / मोरङको सुनवर्सि नगरपालिका ३ स्थित गोबिन्दपुर आसपासका क्षेत्रमा सयौं बिधामा लगाईएको मकै खेती गए राति आएको हावापानी र असिना पानीले मकै फल्नै लागेको भाँचिदिए पछि कृषकहरु दुखित बनेका छन ।
त्यस क्षेत्रमा लगाईएको अरु बाली चना,मुसुरी,गहुँ बालि समेत असिना पानीले नस्ट पारेको गोबिन्दपुर कृषक हेमन्त कटुवालले बताए । त्यसैगरी सुनबर्सि नगरपालिका ६ का अर्का कृषक उमेश वस्नेतको २ बिधामा लगाएका मकै समेत पुर्णरुपमा क्षेती भएको उनी बताए ।
आफुहरुले मकै रोपने बेलामा प्रति केजि ५ सय रुपैया देखि १२ सय रुपैया सम्म किनेको मकै रोपेको भएता पनि आफुहरु अब कसरी लगानी पनि उठाउने उनीहरुकोे दुखेसो रहेको छ ।
गोबिन्दपुर ६ का प्रेम पौडेल भन्छन ५ बिघामा लगाएको मकै खेती समेत हावापानी र असिनाले पुर्ण रुपमा नस्ट भएको उनी भन्छन एउटा मकै बोटमा ५ देखि ७ रुपैयाँ सम्मको लगानी लाग्ने गरेको उनी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?