उर्लावारी, ११ चैत /उर्लावारीमा तीन जना युवालाई प्रहरीले लागू औषध सहित नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लावारीले उर्लावारीबाट अवैध लागूऔषध सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले साविक उर्लावारी वार्ड नम्बर २(हाल ५)का २२ वर्षिय अजित श्रेष्ठ,२५ वर्षिय सन्जोग रसाईली र २० वर्षिय दिपेश घलेलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रमुख चन्द्रबहादुर थापाका अनुसार ती युवाहरूलाई लागूऔषध आ्सारपोसार ऐन अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भईरहेको जानकारी दिए । उनीहरूको साथबाट डाईजोपाम,फेनारगन,लुपिजेसिक बरामद गरिएको थापाले जानकारी दिए ।