बिराटनगर, ११ चैत्र / नेतृत्व बिकाशमा नभई नहुने भाषण कला सम्बन्धिको तालिम आज देखि बिराटनगरमा शुरु भएको छ । तिन दिनसम्म संचालनहुने सो तालिमको आयोजना जिल्ला सहकारी संघ लि. मोरङले गरेको हो ।
तालिमको उदघाटन गर्दै राष्ट्रिय सहकारी संघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेशप्रसाद पोखरेलले तालिमबाट प्रशिक्षार्थीहरुको नेतृत्व बिकाश क्षमता अभिबृद्धीमा महत्वपुर्ण सहयोग पुग्ने कुरा बताए । जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डिल्ली पोखरेलको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा संघका सचिव वीरेन्द्र यादव , कोषाध्यक्ष राकेश दाहाल लगायतले बोलेका थिए ।
रामबाबु पोखरेलको प्रमुख प्रशिक्षणमा सञ्चालन हुने सो तालिममा २५ सहकारीका २८ जनाको सहभागीता रहेका छन् ।