AArya
RUMPUM
animated ellipse animated ellipse

मोर्चाले लगाएको ताला प्रहरीले फोड्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७३, शुक्रबार १३:५९
3
Shares
रबिन्द्र बराल
रंगेली, ११ चैत / मोरङको रंगेली नगरपालिकामा मोर्चाले लगाएको ताला प्रहरीले दुई घण्टा पछि फोडेको छ । मोर्चाका कार्यकर्ताले आज विहान १० बजेदेखि  नगरपालिकाको मुख्य गेटमा ताला लगाएका थिए ।
मोर्चाका ५०–६० जानको समुहमा आएका कार्यकर्ताले नगरपालिकाका सबै कर्मचारीलाई बाहिर निकालेर मुख्य गेटमा ताला लगाएका थिए ।
मोर्चाका रंगेली सम्योजक शंकरप्रसाद साहको नेतृत्वमा गएको मोर्चा कार्यकर्ताले मधेसको माग पुरा गर,संविधान सम्सोधन गर,चुनावी घोषणा फिर्ता गरलगायतका नराबाजी गरी रंगेलीको मुख्य चोकमा आएर कोण सभा समेत गरेका थिए ।
कोण सभामा शिशुपाल यादव, पन्नालाल मण्डल, हिरालाल मण्डललगायतले बोलेका थिए ।
सो ताला ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिवबाबू खड्काको नेतृत्वमा गएको टोलीले दुई घण्टापछि लगाएको ताला तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर