पूर्वाञ्चल खबर
साँझ सवा ७ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकलसँग जुधेर दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भएर बस पल्टिएको थियो ।
बसले च्यापिएर सोही बसको क्याबिनमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुईजना युवकको पनि घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइतेलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने अन्यको पथरीस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । कान्तिपुर