स्थानिय चुनाव काग्रेसका लागि जिवन मरणको लडाई हो– नेता कोइराला
खबर पूर्वाञ्चल
९ चैत्र २०७३, बुधबार १७:४७
3
Shares
विराटनगर, ९ चैत / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आगामी वैशाख–३१ गते हुन लागेको स्थानिय निकायको निर्वाचन नेपाली काग्रेसका लागि जिवन मरणको लडाई भएको वताएका छन् ।
स्थानिय निकायको निर्वाचनको मतपरिणामलाई नेपाली काग्रेसको पक्षंमा पार्नु पर्ने भन्दै सोही अनुसार पार्टी कार्यकर्तालाई अघि वढ्न उनले आग्रह गरे । विराटनगरमा आज आयोजित स्थानीयतहको संवैधानिक व्यवस्था सम्वन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रम सञचालन गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
नेता कोइरालाले पार्टी लोकप्रिय नेतामा परिचित र वढि मत ल्याउने भन्दा पनि स्थानियतहका जनता माझ सुखदःुखमा साथ दिने व्यक्तिलाई पार्टीले उम्मेद्धारका लागि टिकट दिने बताए । उनले अव निर्वाचनमा गुट उपगुट सृजना गर्न खोज्ने जो कोहीलाई पनि पार्टीले कार्वाही गर्ने बताए ।
नेपाली कांग्रेसप्रति जनताको भावनात्मक सम्वन्ध जोडिएकाले जनतालाई सर्वोपरी ठानेर कामगर्न समेत उनले आग्रह गरे । स्थानिय निकायमा महिलाको भुमिका महत्वपूणर््ा रहेकाले महिलाहरुले पनि गाउँगाउँमा गएर निर्वाचनको अभियानमा जुटनुपर्ने नेता कोइरालाको भनाई थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ७ को आयोजनामा भएको कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य गोपालराज भण्डारी, महाधिवेश प्रतिनिधि केदार कार्की, सुदनवहादुर कार्की तथा दामोदर कोइराला तथा क्षेत्रिय सभापती निरन्जन रिजालले कार्यक्रमको महत्ववारे चर्चा गरेका थिए ।
एक दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा डाक्टर शेखर कोइराला , राजनितिक विश्लेषक हरी शर्मा , महासमिति सदस्य लक्ष्मण वहादुर वस्नेत तथा अधिवक्ता भरत थापाले प्रशिक्षण दिएका थिए ।