AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा माछा जोनको काम सुरु , पाँचसय हेक्टरमा पोखरी खनिदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७३, मंगलवार २१:५२
3
Shares
बिनु तिम्सिना
विराटनगर, ८ चैत/ प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत मोरङमा माछा जोनका कामहरु सुरु भएका छन् ।
परियोजना अन्तर्गत मोरङमा माछा जोनका लागि धमाधम पोखरी खन्ने कामहरु सुरु भएको हो । सरकारले देशका विभिन्न जिल्लामा यस वर्षदेखि सुरु गरेको यो परियोजना अन्तर्गत मोरङमा पनि बवियाविर्ता, सोराभाग, कटहरी र रंगेलीमा कार्यक्रम सञ्चालन गरिएको छ ।
परियोजनाको माछा जोन कार्यक्रम अन्तर्गत यतिबेला माछा पोखरी खन्ने काम धमाधम भइरहेको हो । करिब ५ सय हेक्टर जमिनमा माछा पालन र बजारी करण सहितको कार्यक्रम गर्ने गरी सञ्चालनमा आएको परियोजना अन्तर्गत हालसम्म एक सय २५ हेक्टर क्षेत्रफल जमिनका कृषकहरु माछा पालनका लागि सम्पर्कमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइले जनाएको छ ।
पहिलो चरणमा पोखरी खन्ने काम भइरहेको र यसपछि ह्याचरी निर्माण, नर्सरी निर्माण र प्रशोधन केन्द्र निर्माणका कामहरु सुरु गर्ने परियोजना प्रमुख प्रमोदकुमार रिजालले बताए ।परियोजनाले मोरङको साविकको बबियाबिर्ता हालको रंगेली नगरपालिकामा १५ हेक्टर क्षेत्रफलमा पोखरी खन्ने काम सुरु गरेको छ । सो क्षेत्रका १६ जना कृषकहरुको समूह बनाएर अहिले धमाधम पोखरी खन्ने काम भइरहेको छ ।
माछा जोन कार्यान्वयनमा आएर पोखरी खन्ने काम सुरु भएपछि यस क्षेत्रका किसानहरु समेत उत्साहित बनेका छन् । एक बाली धानमात्रै उत्पादन गर्दै आएका कृषकहरु सरकारको सहयोगमा माछा पालन सुरु गर्न पाउँदा निकै उत्साहित छन् । रंगेलीका किसान दीपेन्द्र आचार्यले माछा जोन कार्यक्रम सुरु भएपछि निकै उत्साह थपिएको बताउछन ।
जिल्लामा कार्यालय स्थापना र कर्मचारी मिलानलगायतका विभिन्न समस्याका कारण कार्यक्रम सुरु गर्न ढिलाइ भए पनि १० वर्षे परियोजना भएकाले बजेटमा समस्या नहुने प्रमुख रिजालले बताए ।
किसानलाई पोखरी खन्ने, भुरा उत्पादन गर्ने र बजारीकरणमा समेत अनुदान दिने गरी परियोजना सुरु भएको हो ।

यो परियोजनाका लागि मोरङमा चालु अर्थिक वर्षमा करिब १८ करोड बजेट आएको छ । परियोजनाका लागि प्राप्त बजेट सही रुपमा सदुपयोग गरी कार्यक्रमलाई सफल बनाए माछामा मोरङ आत्मनिर्भर बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर