RUMPUM
animated ellipse animated ellipse

सुर्तिजन्य पद्धार्थ नियन्त्रण तथा नियमन गर्ने सम्बन्धी ऐन,कानूनको धज्जी उडाए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ चैत्र २०७३, मंगलवार २०:३६
3
Shares
विराटनगर , ८ चैत / सुर्ति तथा सुर्तिजन्य पदार्थ अव्यवस्थीत रुपमा बिक्री वितरण गर्न सरकारले नीति तथा कानून ल्याएर गएको चैत १ गतेदेखि पुर्ण रुपमा रोक लगाएको छ ।
तर सुर्तिजन्य पदार्थ ओसार पसार तथा बिक्री वितरण तथा सेवनमा नियमनकारी निकायले बनेको नीति कार्यान्वयन र व्यवस्थापन गर्न चासो नदिंदा मोरङ जिल्लामा नियन्त्रण हुन सकिरहेको छैन । जसले सुर्ति तथा सुर्तिजन्य पद्धार्थ नियन्त्रण तथा नियमन गर्ने सम्बन्धी ऐन,कानूनको धज्जी उडाएको छ ।
विगत दुई वर्षदेखि विराटनगर स्थित जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सुर्तीजन्य पदार्थको पसल संञ्चालन गर्दै आएका एक व्यवसायीले नाम नलेख्ने सर्तमा आफ्नो पसल दर्ता विनै संञ्चालन गरिरहेको र कसैलेपनि केहि नभनेको बताए । उनले पसल संञ्चालन गरेपछी दर्ता गर्नुपर्छ र सरकारलाई कर तिनुपर्छ भन्ने थाहा हुँदा हँुदैपनि पसल दर्ता नगरेको समेत बताए ।
उनिमात्र होइन विराटनगर र जिल्लाका अन्य क्षेत्रका पसलेहरुलाईपनि सुर्ति तथा सुर्तिजन्य बस्तु पसल दर्ता गरि अन्तशुल्क प्रमाणपत्र लिएर पसल चलाउनु पर्छ भन्ने थाहा छ । तर त्यो कार्य नगरी उनिहरु संञ्चालन गरिरहेका छन् । सरकारको कानुन कार्यान्वयन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी नै चुरोट, खैनी र गुट्खा निर्वाधरुपमा विक्री वितरण भईरहेको छ ।
त्यहाँमात्रै एक दर्जनको संख्यामा त्यस्ता पसलहरुमा विना इजाजत पसलेहरुले सुर्तिजन्य पदार्थ आकर्षित रुपले सजाएर खुलेआम विक्री गरिरहेका छन् । तर सुर्ति तथा सुर्ति जन्य पद्धार्थ नियन्त्रण तथा नियमन गर्ने सम्बन्धी ऐनले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक रहनेगरी सुर्ति तथा सुर्तिजन्य पदार्थको नियमन तथा नियन्त्रण समिति बनाएको छ ।
समितिका संयोजक रहेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई नियन्त्रण गर्ने अधिकार दिएपनि विविध कारणले नियन्त्रण र नियमन गर्न नभ्याएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर