खबर पूर्वाञ्चल
८ चैत्र २०७३, मंगलवार १८:३५
विराटनगर, ८ चैत / राप्रपा मोरङले आज विराटनगरमा गृहमन्त्री विमलेन्द्र निधि र प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको पुत्ला हदन गरेका छन ।
आफ्ना नेता कार्यकर्तामाथि हिजो काठमाण्डौमा प्रहरीले आक्रमण गरेको र आफ्नो कार्यक्रममा हस्पक्षेप गरेकोले विरोध स्वरुप पुत्ला दहन गरिएको राप्रपा मोरङले जनाएको छ ।
विराटनगर उपमहानगरपालिका कार्यालयबाट शुरु भएको र्याली बजार परिक्रमा पछि स्थानिय बुधहाट चोकमा आएर कोण सभा गर्दै पुत्ला दहन गरिएको राप्रपाका केन्द्रीय सदस्य दिनेश साहले बताए । सभामा बोल्ने बत्ताहरुले गृहमन्त्री निधिको राजिनामा माग गरेका छन । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राज्य हुनुपर्ने विषय हटाएको भन्दै हिजो काठमाण्डौमा राप्रपाले आयोजना गरेको कार्यक्रममा धरपकड भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?