AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ चैत्र २०७३, सोमबार १९:०५
3
Shares
तस्विर- कार्यक्रममा आफ्ना मन्तव्य राख्दै डिएफओ देवकोटा । फोटोःगोविन्द पोखरेल
उर्लाबरी, ७ चैत/वन डढेलो व्यवस्थापन सचेतना सप्ताहमा सरकोरवालाहरुको उत्साहजनक सहभागीता पाइएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ ।
सप्ताहव्यापी कार्यक्रमको सोमबार सेक्टर वन कार्यालय मंगलबारेमा भएको समिक्षा कार्यक्रममा कार्यालय विभिन्न क्षेत्रहरुको उल्लेख्य उपस्थितीले सप्ताह फलदायी रहेको जिल्ला वन कार्यालय मोरङका रेञ्जर विश्वराज पण्डितले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वन डढेलो व्यवस्थापनको सवालमा सामुदायिक वनका पदाधिकारीहरु तथा सदस्यहरु प्रतिवद्ध रहेको तथा सामाजिक÷सञ्चार क्षेत्रहरुमा कार्यक्रमले विशेष स्थान पाएको जिल्ला वन कार्यालयले जनाएको छ ।
समिक्षात्मक कार्यक्रममा बोल्दै जिल्ला वन कार्यालय मोरङका प्रमुख डाक्टर विनोद देवकोटाले वन विभागले दिएको जिम्मेवारी मोरङले सफलतापूर्वक बहन गर्दै कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न गरेको दावी गरे । नेपाल जस्तो मुलुकमा वन डढेलो नियन्त्रण गर्न जटिल रहेको उल्लेख गर्दै पूर्व सावधानी अपनाउनु पर्ने बताउदै उनले नेपालमा वन डढेलो सम्बन्धि केही तथ्यहरुबारे समेत जानकारी गराएका थिए ।
समिक्षात्मक कार्यक्रममा सेक्टर वन कार्यालय मंगलबारे,सेक्टर वन कार्यालय बेलबारी र सेक्टर वन कार्यालय सलकपुरले सप्ताहव्यापी कार्यक्रमहरुमा गरेका कार्य विवतरण प्रोजेक्टरमा प्रस्तुत गरेका थिए ।
सेक्टर वन कार्यालय मंगलबारेले सप्ताहव्यापी कार्यक्रममा विभिन्न सामुदायिक वनहरुबाट एक हजारभन्दा बढि उपभोक्ताहरुको प्रत्यक्ष रुपमा विभिन्न सामुदायिक वन तथा संस्थाहरुबाट एक हजारभन्दा बढि मानिसहरुको सहभागिता रहेको जनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पथरीमा दुई किलोमिटर र मंगलबारे ६ किलोमिटर ¥याली निकालिएको कार्यालयका प्रमुख तारणीप्रसाद चौधरीले जानकारी दिए । यस्तै,वन डढेलो व्यवस्थापन सम्बन्धि विद्यालय स्तरीय निबन्ध प्रतियोगिताहरुको समेत आयोजना गरिएको चौधरीले बताए ।
कार्यक्रममा सामुदायिक वनहरुको तर्पmबाट हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबूलबहादुर मगर,राधिमा माविका प्राधानाध्यापक सुवास सापकोटा र मोरङ पत्रकार महासँघका पूव सह–सचिव मोहन भट्टराईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम उपस्थितहरुमध्येका जेष्ठ सदस्य सिर्जना सामुदायिक वनका अध्यक्ष मोतीलाल परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालमा वन डढेलोको अवस्था
जिल्ला वन कार्यालय मोरङका प्रमुख डा.विनोद देवाकोटा अनुसार नेपालमा मावनीय र प्राकृतिक कारणले वन डढेलो लाग्ने गरेको छ ।
नेपाल लाग्ने डढेलो मध्ये ९८ प्रतिशत मानवीय कारणले हुने गरेको उनले बताए । जसमा ६५ प्रतिशत डढेलो जानजानी लगाइने गरिएको छ । वन्यजन्तु शिकार तथा घाँसपात उमार्ने बहनामा वनको वातवरणीय अवस्थामा बिगार्नुका साथै वन्यजन्तुमा असर पर्ने गरेको छ । नेपालमा वन डढेलोको वातवरणीय क्षति अहिलेसम्म याकिन गरिएको छैन । डढेलोको कारण वायू प्रदूषण,जलवायू परिवर्तनमा असर पर्ने गरेको देवकोटाले बताए । एउटा रुख काट्दा धेरै क्षति नभएपनि वनमा डढेलो लाग्दा धेरै क्षति हुने गरेको जिल्ला वन कार्यालय मोरङले जनाएको छ ।
यस्तै,प्राकृतिक रुपमा लाग्ने डढेलो घर्षण तथा चट्याङले हुने गर्छ । नेपालमा डढेलो नियन्त्रणका लागि जनचेतना नै मुख्य आधार रहेको वन विभागको ठम्याई छ ।
इन्धन,अक्सिजन र आगो सँगै हुदा डढेलो लाग्ने हुदा यी तीनमध्ये एकलाई नियन्त्रण गर्न सके वन डढेलो पनि नियन्त्रण हुने देवकोटाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर