RUMPUM
animated ellipse animated ellipse

पुरुष डबल्सको उपाधि योन्जन र बोहरालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७३, सोमबार १८:२८
3
Shares
विराटनगर, ७ चैत । विराटनगरमा सोमबार सम्पन्न नारायाणप्रसाद गिरी स्मृति सफ्ट टेनिसतर्फ पुरुष डबल्सको उपाधि युकेश योन्जन र आशिष बोहराले हात पारेका छन् ।
डबल्सको फाइनलमा पुगेका अशलेष ढकाल र रनिस तामाङको जोडीलाई ५ – ३ को सेटमा पराजित गर्दै योन्जन र बोहराले उपाधि जितेका हुन । सो प्रस्पिर्धामा किरण लामा र श्याम लामाको जोडी तेश्रो भए ।
मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा शनिबारबाट भएको जिल्ला स्तरिय प्रतिष्पर्धामा पुरुष एकलतर्फ युकेश योन्जन नै प्रथम भए । सो बिधामा दीपेन्द्र थापा दोश्रो भए भने अशिष बोहराले तेश्रो स्थान हासिल गरे । त्यस्तै महिला एकलको उपाधि जर्जिया चौधरीले जितिन् । महिला एकलमा श्रेया राई दोश्रो र अभिलाषा लामिछाने तेश्रो भए । महिला डबल्समा भने श्रेया योन्जन र श्रेया राईले प्रथम स्थान हात पार्दा जर्जिया र अभिलाषाको जोडीले दोश्रो स्थानमा चित्त बुझाए ।
श्रीमति डेजी गिरीले आफ्नो स्वर्गीय पतिको स्मृतिमा सो प्रतियोगिताको आयोजना गर्न सहयोग पुर्याएको थिइन् । कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, मोरङ ब्यापार संघका अध्यक्ष अविनाश बोहरा, सफ्ट टेनिस मोरङका अध्यक्ष श्यामकुमार लामाले उपाधि जित्नेलाई पुरस्का वितरण गरेका थिए । प्रतियोगितामा १६ पुरुष र ६ महिला गरि २२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर