AArya
RUMPUM
animated ellipse animated ellipse

होमियोप्याथिक चिकित्सक संघमा राँय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ चैत्र २०७३, आईतवार १८:०१
3
Shares
विराटनगर, ६ चैत / नेपाल होमियोप्याथिक चिकित्सक संघको अध्यक्षमा डा. रबिन्द्रुमार राँय निर्वाचित भएका छन् ।
विराटनगरमा आज आईतबार भएको पाँचौ अधिवेशनबाट श्रवण यादवलाई ३५ मतको अन्तरले पराजित गरी राँय चार वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
राँयले ३५ मत र यादबले ७ मत मात्र ल्याएका थिए । संघको पहिलो बैठकले अन्य पदाधिकारी चाँडै गठन गर्ने नवनिर्वाचत अध्यक्ष राँयले जानकारी दिए । केन्द्रीय कार्यसमिती ११ जनाको हुनेछ ।
देशभरीमा नेपाल होमियोप्याथिक चिकित्सव संघमा १ सय ५० जना आवद्ध रहेपनी ४३ जना मात्र आज उपस्थीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर