AArya
RUMPUM
animated ellipse animated ellipse

भूमाफियाले वनको जग्गा कब्जा गर्न खोजेको एमालेको आरोप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७३, शनिबार २०:२९
3
Shares
पथरी, ५ चैत / पथरीशनिश्चरे नगरपालिका– १० मा रहेको भूटानी शरणार्थी शिविर बसेको पशुपति सामुदायिक वनको जग्गा भूमाफियाले कब्जा गर्न खोजेको भन्दै नेकपा एमालेले विरोध गरेको छ ।

नेकपा एमाले पथरीशनिश्चरे नगरकमिटीले आज पत्रकार सम्मेलन गर्दै कोशी टप्पु वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको नाममा भूमाफियाले सरकारी सम्पती हडप्न खोजेको आरोप लगाएको हो ।
नगरकमिटी अध्यक्ष रमेश दाहालले कोशी टप्पु निर्माण गर्दा त्यहाँबाट हटाइएका जनताका लागि सट्टाभर्ना दिने नाममा अवैधानिक तवरबाट जग्गा हडप्न खोजिएको आरोप लगाए । यस्तै स्थानीय टंक भण्डारीले सट्टाभर्नाको नाममा भूमाफियाहरुले बाहिरबारै जग्गा किनवेच समेत गरिसकेको आरोप लगाए ।

सर्वदलीय, सर्वपक्षीय समझदारी र हित विपरीत भू–माफिया शैलीमा एक समूहले जग्गा नाप्ने काम गर्दै गर्दा स्थानीयले उनीहरुलाई बुधबार नियन्त्रणमा लिएका थिए ।

नियन्त्रीत नापी कार्यालय बेलबारीका अमिन रमेश यादवल, सरकारी गाडी लगायतको टोलीलाई प्रहरीमा बुझाएका थिए । उनीहरुलाई कोशी टप्पु वन्यजन्तु आरक्षा जग्गा समस्या समाधान समितिका सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका पथरीशनिश्चरे नगर संयोजक जहरमान लिम्बुले अमिन लगायतको समूहको संरक्षण गर्दै सोही दिन बेलुका जमानी बसेर छुटाएको एमालेको आरोप छ ।

गत बुधबार मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको पशुपति सामुदायिक वन क्षेत्रमा अमिन रमेश यादव नेतृत्वमा विहान करिव ११ बजे पुगेको टोलीले कुनै जानकारी बिना जीपीएस मेशिनले जग्गा नाप्न थालेपछि स्थानीय र उपभोक्ताले पक्राउ गरेर प्रहरीलाई जिम्मा दिएका थिए ।

अमिन यादवसँगै ओजेटीमा आएका विद्यार्थीहरु निरज यादव, पुजा बास्तोला, रचना लुइटेल सहभागि थिए । स्थानीय उपभोक्ताले जग्गा नाप्ने जीपीएस मेशिन, कर्मचारी चढेर आएको बा २ झ २३५३ नम्बरको पिकअप भेनलाई समेत नियन्त्रण गरी इलाका वन कार्यालय पथरीलाई बुझाएका थिए । इलाका वन कार्यालय पथरीबाट गएका कर्मचारीहरुले पशुपति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ईश्वर चौहान, स्थानीय टंक भण्डारी, कमल हाङबाङ्ग, रबिन राईलगायतको रोहोबरमा सर्जिमन मुचुल्का बनाएर सेक्टर वन कार्यालय उर्लाबारी मंगलबारेमा बुझाएका थिए ।

पशुपति सामुदायिक वन क्षेत्रलाई बिभिन्न बाहानामा भूमाफियाहरुले आँखा गाडेको भन्दै त्यहा उपस्थित वन उपभोक्ता र स्थानीयले भने पक्राउ परेका ब्यक्तिहरुलाई वन ऐन अनुसार कडा भन्दा कडा कारबाहीहुनु पर्ने माग राखेका थिए । उपभोक्ता खाना पकाउन एक भारी दाउरा र बस्तुको लागि घाँस ल्याउदा सामान खोसिने र मुद्धा समेत भोग्नु पर्ने भन्दै अतिक्रमण गर्न आएको सबुत प्रमाण सहित फेला परेकालाई नछाड्न माग राखेका थिए ।
पक्राउ परेका अमिन रमेश यादवले ४० बिगाहा जग्गा नाप्न वन्य जन्तु आरक्ष जग्गा समस्या समाधान समितिले पठाएर आएको प्रतिकृया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर