AArya
RUMPUM
animated ellipse animated ellipse

खेल व्यवस्थापन तालिम शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७३, शुक्रबार २०:०४
3
Shares
उर्लाबारी, ४ चैत / मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको आयोजनमा शुक्रबारदेखि तीनदिने खेल व्यवस्थापन तालिम शुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलपिक कमिटीको प्राविधिक सहयोगमा शुरु भएको तालिममा मोरङ, झापा र सुनसरीका २७ वटा विद्यालय र १७ वटा क्लबहरुबाट १ सय ४ जना सहभागी छन् ।
राष्ट्रिय खेलकुद परिषदका खेल विभाग प्रमुख कुलबहादुर थापा, खेलकुद परिषदका पुर्व तालिम प्रमुख तथा खेल विज्ञ केशवराज गौतम, राखेपका सदस्य सचिव केशव विष्ट लगायतले प्रशिक्षण दिने तालिम आइतबारसम्म चल्ने छ ।
शुक्रबार शुरु भएको सो तालिमका उद्घाटन पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर