AArya
RUMPUM
animated ellipse animated ellipse

एसिसी इमर्जिङ नेशनल कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट टिम घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७३, बुधबार १४:१५
3
Shares
फाइल तस्वीर
काठमाण्डौं, २ चैत /चैत १२ गतेदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ नेशनल कपका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली क्रिकेट टिम छनोट गरिएको छ ।
चार बैकल्पिक सहित १९ खेलाडी छनोट गरिएको हो । छनोटमा परेका अधिकांश खेलाडी आइसिसी विश्व क्रिकेट लिगमा केन्याविरूद्ध खेलेका खेलाडी समावेश भएका छन् । पारस खड्कासँगै मुख्य प्रशिक्षक जगत टमाटा र आइसीसीका डेभलपमेन्ट अफिसर बेंकटपति राजु सम्मिलित ३ सदस्यीय छनोट समितिले खेलाडी छनोट गरेको हो ।
इमर्जिङ कपमा नेपालका भेट्रान स्पिनरहरु शक्तिप्रसाद गौचन, बसन्त रेग्मी तथा फष्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ । यता नियमित कप्तान पारस खड्काले स्वास्थ्य अवस्थाका कारण यसअघि नै इमर्जिङ कप नखेल्ने घोषणा गरिसकेका छन् ।
इमर्जिङ कपमा टेष्ट र एसोसियट गरि आठ टोलीको सहभागिता रहने छ । एकदिवसीय फरम्याटमा हुने प्रतियोगितामा टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् भने एसोसियट राष्ट्रबाट नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहनेछ ।
घोषित टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान),शरद भेसवारक (उपकप्तान), बिनोद भण्डारी, सागर पुन, मोहम्मद आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, अभिनाश कर्ण, सुनिल धमला, भुवन कार्की, शुसन भारी, दीपेश श्रेष्ठ, दिलीप नाथ, रहेका छन् ।

त्यसैगरि बैकल्पिक खेलाडीमा कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी मगर र सुशील कँडेल छनौट भएका छन् ।
चैत २२ गतेसम्म चल्ने प्रतियोगितामा । नेपालसँगै पाकिस्तान, बंगलादेश र हङकङ समूह बी मा रहेकाछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर