विराटचोक, ३० फागुन / किरात याक्थुङ चुम्लुङ सु्न्दरदुलारी मोरङको दोस्रो नगर शाखा अधिवेशन सम्पन्न भएको छ ।
नगर अधिवेनले दुर्गा योङहाङको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरिएको छ । समितिको उपाध्यक्षमा डीबी खजुम, सचिवमा अगम थोप्रा, सहसचिवमा आइतमाया सिरेङ चोङबाङ र कोषाध्यक्षमा मिना लिम्बु छन् भने सदस्यहरुमा पूर्णमाया लिम्बु, सृजना लिम्बु, विना लिम्बु, सुमित्रा लिम्बु, लिला लिम्बु, माया लिम्बु, माया लिम्बु, सञ्चमान लिम्बु, सपना लिम्बु, फुललमाया लिम्बु, एसिका लिम्बु रोषन लिम्बु र केशनबहादुर ओख्राबू छन् ।
अधिवेशनमा १ लाख १० हजार १ सय ९९ सय सहितको आय व्यय सहितको आय व्यय समेत पास गरिएको थियो । आसन्न सातौ जिल्ला अधिवेशनको संघारमा रहेको चुम्लुङले नगर÷गाउँ शाखा समितिको अधिशेनलाई तीव्रता दिएको छ । जिल्ला अधिबेशन चैत १८ र १९ गते पथरीस्थित सिरिजंगाधार्मिक बनमा हुदैछ ।