AArya
RUMPUM
animated ellipse animated ellipse

मिलील्यान्डको ११ औं अभिभावक दिवश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ फाल्गुन २०७३, आईतवार १९:४०
3
Shares
रबिन्द्र बराल
रंगेली, २९ फागुन / मोरङको रंगेलीमा रहेकोे मिलील्यान्ड इङ्लिस बोर्डिङ स्कूलले ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ ।
आज आईतबार स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रम गरी मनाएको छ । वार्षिक उत्सवमा विद्यार्थीहरुले विभिन्न गीतहरुमा, नृत्य,तथा नाटक प्रस्तुती गरी उपस्थीत अतिथी तथा अभिभावकलाई दिनभर मनोरञ्जन दिएका थिए
सो अवसरमा आन्तरीक परिक्षामा प्रत्येक कक्षाका प्रथम, द्घितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरी, प्रदेश १ नम्बर का सह–सचिव संजय यादव, प्याब्सन मोरङका पुर्व सल्लाहाकार रमेश मिश्र, प्याब्सन मोरङ बरिष्ठ उपाध्यक्ष सुनिल पौडेल, मदन भट्टराई, भक्तराज सुब्बा, रिना थापा र स्कूलका प्रिन्सिपल बिकर्ण कार्कीलगायतले बोलेका थिए ।
कार्यक्रममा २०७२ सालको एस एल सी परीक्षामा उत्कृष्ट अङ ल्याउने १० जाना बिद्यार्थीलाई मायाँको चिनो र दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो । कार्यक्रमको बुद्धिनाथ झाले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रमको सभापति बिद्यालयका संस्थापक बिकाश चौहानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर