AArya
RUMPUM
animated ellipse animated ellipse

औषधी ब्यवसायीको होली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७३, शनिबार १६:५७
3
Shares
विराटनगर, २८ फागुन / फागु पूर्णिमा अर्थात होली पर्वको अवसर पारेर विराटनगरका औषधी ब्यवसायीहरुले आज होलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।
नेपाल औषधी संचालक संघ ,केन्द्रिय तदर्थ समितिका अध्यक्ष देशबन्धु ढकालको संयोजनमा भएको शुभकामना कार्यक्रममा शुभकामना ब्यक्त गर्दै नेपाल औषधी ब्यवस्था विभाग विराटनगरका प्रमुख शम्भु साहले होली पर्वले आपसी मनमुटावलाई फालेर सद्भाव कायम गर्नुको साथै सबैलाई एकताको सुत्रमा बाँध्ने र मनोरञ्जन प्रदान गर्ने भएकोले विभाग र औषधी ब्यवसायीहरु विच भएका मतमतान्तर हटाएर समन्वय गरि यस ब्यवसायलाई मर्यादित बनाउन लाग्नुपर्नेमा जोड दिए ।
अग्रज औषधी ब्यवसायी सुवर्ण जोशीले औषधी ब्यवसायीहरुमा मर्यादित एकताको खाँचो रहेको भन्दै नराम्रो काम गर्ने जो कोही औषधी ब्यवसायीलाई निरुत्साहित र कार्वाहीको भागीदार बनाउन औषधी ब्यवस्था विभागलाई सहयोग गर्नुपर्ने बताए । उनले औषधी ब्यवसायीहरुले वढी पैसा कमाउने लोभ र लालचमा प्रतिबन्धित औषधी विक्री गर्नु नहुने भन्दै सबैलाई मर्यादित भएर स्वास्थ प्रतिष्पर्धाबाट आ–आफ्नो ब्यवसाय संचालन गर्न आग्रहसमेत गरे ।
कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय सदस्य लक्ष्मी तिम्सिना , मोरङ अध्यक्ष लक्ष्मण माझी , औषधी ब्यवसायी एवं मेलानका कोशी अञ्चल अध्यक्ष सन्तोस मण्डल होली पर्वले सबै औषधी ब्यवसायीहरुलाई एकताबद्ध बनाउन र मर्यादित भएर स्वस्थ प्रतिष्पर्धात्मक ब्यवसाय गर्न प्रेरणा मिल्ने विश्वास ब्यक्त गरे ।
शुभकामना आदान प्रदान कार्यक्रममा औषधी ब्यवसायीहरु , नेपाल औषधी ब्यवसायी संघका पदाधिकारी तथा सदस्यहरु , नेपाल औषधी ब्यवस्था विभाग विराटनगरका प्रमुख तथा कर्मचारी , औषधी ब्यवसाय संचालकहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
उनिहरुले एक अर्कामा अविर लगाएर शुभकामना साटासाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर