विराटचोक,२७ फागुन /शुक्रबार वेलुका पुर्बी क्षेत्रमा एकाएक असिना सहितको बर्षा भएको छ ।
बर्षाका कारण जारी कोशी हरैचा एक्स्पो बिथोलिएको छ । महोत्सवमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भएको छ ।
राती साढे ८ बजेदेखि सुरु भएको हुरि सहितको बर्षा करिब १५ मिनेट चलेको थियो । हुरि सहितको बर्षाले एक्स्पोको मुख्य गेट समेत ढलेको छ ।