खनारमा बर्ड फ्लु देखियो, मोरङमा उच्च सतर्कता अपनाउन चिकित्सवको सुझाब
पूर्वाञ्चल खबर
२७ फाल्गुन २०७३, शुक्रबार १९:४०
3
Shares
विराटनगर, २७ फागुन / सुनसरीको खनारमा बर्डफ्लु भेटिएपछि मोरङमा उच्च सतर्कता अपनाउन चिकित्सवहरुले सुझाब दिएका छन् ।
सुनसरीको खनार स्थित एक पाथीभारा पोल्ट्रिफार्ममा शुक्रबार बर्डफ्लु भेटिएको छ । फार्ममा रहेको ६ हजार ५ सय कुखुरमा बर्डफुल एच १ उन भाइरस देखिएपछि जिल्ला पशुसेवा कार्यालय र क्षेत्रीय पशु सेवा निर्देशनालयले कुखुरा मारेर पुर्ने काम सुरु गरेको जिल्ला पशु सेवा कार्यालय मोरङका बरिष्ठ पशु चिकित्सक डा. शुसिल अधिकारीले जानकारी दिए । यसअघि पनि सुनसरीको तालतलैयामा रहेको चिडियाघरमा रहेका पंक्षिहरुमा पनि बर्डफ्लु भेटिएको थियो ।
छिमेकी जिल्लामा बर्डफ्लु एक पछि गर्दै अर्को स्थानमा देखिएपछि मोरङमा जिल्ला वर्ड फ्लु रोग सम्बन्धि जिल्ला प्राविधिक समन्वय समितिको आकस्मिक वैठक बसेको छ । शुक्रवार बसेको वैठकले बर्डफ्लु भित्रन नदिन उच्च सतर्कता अपनाउने भएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाको अध्यक्षतामा बसेको वैठकले उच्च सतर्कता अपनाउने निर्णय गरेको हो । वैठकपछि प्रजिअ कोइरालाले सम्भावित क्षेत्रको अनुगमन गर्ने, पंक्षिजन्य बस्तुहरु भारतबाट आयातमा रोक लगाउने, विभिन्न नाकामा चेकपोष्ट राख्ने, र स्वास्थ्यको प्रमाणपत्र बिना ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताए ।
वैठकमा समितिका सदस्य प्रतिनिधिहरु स्थानीय विकास अधिकारी, सुरक्षाकर्मी, भन्सार, नापी, कुखुरा व्यवसायी, रेडक्रस, पशु कार्यालयलगायतका रहेका थिए ।