AArya
RUMPUM
animated ellipse animated ellipse

खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७३, शुक्रबार १८:५५
3
Shares
विराटनगर २७ फागुन / नेपाल आयल निगमले आज शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासमा २५ रुपैयाँ मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास मुल्य बढाएको हो ।
अब एक सिलिन्डर ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा लगातार घाटा बढिरहेकाले समान्य रुपमा मूल्य बढाईएको बताएका छन् ।
अहिले निगमलाई ग्यासमा प्रतिसिलिन्डर ३ सय १३ रुपैयाँ ५१ पैसा घाटा छ । अब मूल्य बढेपछि ग्यासमा निगमलाई २ सय ८८ रुपैयाँ ५१ पैसा मात्रै घाटा हुने आयल निगमले जनाएको छ ।
पेट्रोल र डिजेलमा यथावत
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी ग्यासमा मुल्य बढाएपन पेट्रोल र डिजेलमा भने मूल्य यथावत रहेको छ । ‘उपभोक्तालाई राहत दिनकै लागि तेलमा मुल्य बढाइएको छैन’ पोखरेलले भने ।
तेलमा भएको नोक्सानका कारण निगगमलाई अहिले मासिक झण्डै ४० करोड घाटा छ । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा घाटामा रहेकोमा पट्रोलमा भने १ रुपैयाँ २३ पैसा नाफा रहेको आयल निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर