विराटनगर, २७ फागुन / विराटनगर – ४ आयल निगम पूर्व रहेको मोेर्डन ऐरा स्कूलले कक्षा दशका विद्यार्थीहरुलाई विधाई गरेको छ ।
स्कूलले आज शुक्रबार एक कार्यक्रम आयोजना गरी कक्षा दशका ६३ जना विद्यार्थीहरुलाई विधाई गरेको हो ।
आउँदौ चैत ३ गते देखि कक्षा दशको परीक्षा सुरु हुँदैछ । परीक्षा सुरु हुनु अगाडी नै दश वर्षसम्म अध्ययन गर्ने विद्यार्थीलाई कार्यक्रम आयोजना गरी विदाई गरेको स्कूलले जनाएको छ ।
विधाई कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल राम घिमिरेले विद्यार्थीलाई भयरहीत वातावरणमा सिकेको ज्ञान परीक्षामा निर्धक साथ दिए उत्कृष्ट नजिता आउने बताए । उनले सम्पूर्ण विद्यार्थीहरुले राम्रो नजिता ल्याएर स्कूलको नाम राष्ट्रियसम्म चिनाउन विद्यार्थीहरुलाई आग्रह गरे ।
सोही अवसरमा वर्षभरीको उत्कृष्ट भएको भन्दै कक्षा दशका सुमन दाहाललाई स्कूलले ‘स्टुडेन्ड अफ इयर २०७३ ’ को एवार्ड समेत प्रदान ग¥र्यो ।
कार्यक्रममा स्कूलका संस्थापक निर्देशक इन्द्र राई, सञ्चालक समितिको अध्यक्ष रामकुमार श्रेष्ठ, प्रिन्सिपल राम घिमिरे, भाईस प्रिन्सिपल पर्वत झा, कलेजको को(अर्डिनेटर ठाकुरसिंह भण्डारीलगायले विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यार्थीको तर्फबाट सुमन दाहालले स्कूलले सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने जोड दिदै उत्कृष्ट नतिजा ल्याउने प्रतिवद्धता जनाए ।
विदाई भएका विद्यार्थीहरुलाई कक्षा नौं का विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गीतलगायतको मनोरञ्जन कार्यक्रम गरी विदाई गरेका थिए ।