रबिन्द्र बराल
रंगेली, २७ फागुन / मोरङको रंगेलीमा रहेको रंगेली खानेपानी तथा सरसफाइ उपभोक्त समितिद्ववारा सञ्चालित खानेपानीको पाइप परिवर्तन नगर्दा रंगेलीका उपभोक्ताले फोहर लेदो पानी पिउन बाध्य भएका छन् ।
संस्था २०५२ सालमा स्थापना भएका यता खानेपानीका पाईप मर्मत नगर्दा खेरि रंगेलीका उपभोक्ताले फोहर लेदो पानी पिउन बाध्य भएका हुन् । पाईप ठाउँ ठाउँमा फुटेर नालाको फोहरले गर्दा धारामा पानी नआउने समितिका कोषाध्यक्ष अविषेक अधिकारी बताउछन् ।
उनका अनुसार हामीले बारम्बार नेपाल सरकारलाई जानकारी गराएको र हालसम्म पनि कुनै चासो समेत नदेखिएकोले रंगेलीका सबै पाईप समेत काम नलागने स्थितिमा पुगेको बताए ।
रंगेली खानेपानीले हालसम्म ७ सय घर घुरीमा खानेपानी जडान भएको समिति का नईम आलमले बताए ।
शुक्रबार बिहानै देखि मुख्य पाईप फुटे पछि ४० घरपरिवार पिउने पानीबाट बञ्चित हुनुपरेको रंगेली १ का बिनोद अधिकारी बताए । यता समितिका अबिषेक अधिकारी भन्छन सो पाईप धरान वा काठमाडौमा मात्रै पाईने गरेकाले सो क्षेत्र को पानीको लाईन आईतवार मात्रै बन्न सक्ने बताए ।