AArya
RUMPUM
animated ellipse animated ellipse

महिला आर्थिक रुपमा सक्षम नभएसम्म महिला हिंसाका घटनामा कमि नआउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०७३, शुक्रबार १७:४६
3
Shares
विराटनगर, २७ / फागुन महिलाहरु स्वरोजगार र आर्थिक रुपमा सक्षम नभएसम्म महिला हिंसाका घटनाहरुमा कमि नआउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
एक सय सात औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको महिला हिंसा विरुद्धको अधिकार विषयक क्षेत्रीय सम्मेलनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले महिलाहिंसाका घटनाहरुमा कमि ल्याउन उनिहरुको आर्थिक विकासमा सरकारी गैरसरकारी सबै निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै मानव अधिकार आयोगकी सदस्य तथा सांसद मोहना अंसारीले मान्छेको मानसिकतामा सर्वप्रथम परिवर्तन ल्याउन सके मात्रै महिला विरुद्धका हिंसामा कमि आउने बताइन् ।
मानय अधिकारी आयोगले सधै निष्पक्षतालाइ प्राथमिकता दिने बताउँदै उनले जुनसुकै राजनितिक दलका नेताहरुको नेतृत्वमा सरकार बने पनि राज्यलाइ जवाफदेहि बनाउन आयोग पछि नहट्ने बताइन् ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले सामाजिक, आर्थिक, राजनितिक सबै क्षेत्रको मुलप्रवाहमा महिलाहरुलाइ ल्याउनसके मात्रै उनिहरुको स्तर बृद्धि हुने र महिला विरुद्धमा हुने सबैखाले हिंसा विस्तारै न्युनिकरण हुदै जाने बताए । त्यस्तै मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीेले ४० प्रतिशत भन्दा बढि महिला हिंसाका घटना मादप पदार्थ सेवन तथा लागुऔषधको दुव्र्यसनिका कारण हुने हुदा यसलाइ निरुत्साहित बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर