विराटनगर, २६ फागुन / नेपाल आदिवासी जनजाती सामुदायहरुको एकमात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मोरङ र नगर परिषद विराटनगरको नेतृत्वमा गएको टोलीले बिहीबार धर्ना दिएको हो ।
विराटनगरको सनसारीमाई स्थानमा जम्मा भएर नगरको विभिन्न भाग परिक्रमा गरी प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिएका थिए ।
उनीहरुले परिमार्जन सहित संविधान संशोधन, आदिवासी जनजातीहरुको ऐतिहासिक थलो किटान गरी विशेष स्वायत र सुरक्षित क्षेत्रको निर्धारण, स्थानिय तह अन्र्तगत गाउँपालिका तथा नगरपालिकामा आदिवासीहरुको थलोको किटान गर्न तथा सयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार आफ्नो अधिकार सुनिश्चित गर्न सरकारसँग माग समेत गरेका छन् ।
आदीवासी जनजाती महासंघले आफुहरुसंग २०६४ साल साउन २२ गते गरिएको २० वुँदे माग तथा २०६९ साल जेठ ९ गते भएको ९ वँुदे सहमती सम्झौता मध्ये कार्यान्वय हुन बाँकी रहेका विषयलाई संविधानमा संशोधन गर्न समेत माग गरेका छन् ।
आदीवासी जनजाती महासंघका मोरङ अध्यक्ष मिलनकुमार राईको नेतृत्वमा दुई घन्टा धर्ना दिएको थियो ।
यसैविच आन्दोलन अन्तर्गत आगामी चैत्र १ गते बृहत सिटी जुलुस र कोणसभा गर्ने अध्यक्ष राईले जानकारी दिए । त्यस्तै चैत्र १२ गते जिल्ला सदरमुकाम तथा नगरपालीकामा बृहत मानव साङ्लो गर्ने बताइएको छ ।
यस अगाडी महांसघले मोरङको प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला मार्फत प्रधानमन्त्री कार्यालयमा ५ बुदे ज्ञापन पत्र पठाएका थिए ।