AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ओरालो लाग्दै गहुँ खेती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ फाल्गुन २०७३, बुधबार २०:०८
3
Shares
बिनु तिम्सिना
विराटनगर, २५ फागुन / पछिल्लो समय मोरङमा गहुँ खेती ओरालो लाग्दै गएको छ । जिल्लामा गहुँ खेती घट्दै गएपनि मकै खेती भने बढ्दै गएको छ ।
अन्यबालीमा भन्दा मकैमा कम लगानि र मेहेनत लाग्ने हुदा जिल्लाका कृषकहरु मकै खेतिमा आकर्षित भएका हुन् ।
पछिल्लो समय मोरङमा गहुँ खेती आरोलो लाग्ने क्रम शुरु भएसंगै मकै खेति भने फस्टाउँदै गएको हो ।
कृषकहरुले गहुँ खेती छाडेर मकै खेती सुरु गरेपछि मकैको खेती विस्तार हुदै गइरहेको छ ।
जिल्लामा आर्थिक वर्ष २०६७/६८ मा २२ हजार ५ सय हेक्टर क्षेत्रफलमा गहुँको खेती लगाइएको थियो ।
आर्थिक वर्ष २०६८/६९ मा गहुँ खेती घटेर १६ हजार ८ सय ७५ हेक्टर क्षेत्रफलमा झर्याे । त्यस यता ओरो लाग्दै आएको गहुँ खेती गत वर्ष देखि १४ हजार ५ सय हेक्टरमा झरेको छ ।
यसवर्षपनि तीन सय हेक्टर क्षेत्रफल कम भएको कार्यालयले जनाएको छ । गहुँको मुख्य सिजनमा उन्नत मल बिउ नपाउनु तथा पर्याप्त मात्रामा सिँचाई सुविधा समेत नहुदाँ गहुँ खेती घट्दै गएको जिल्ला कृषि विकास कार्यालय मोरङका बालिविकास अधिकृत गेनिलाल यादव बताउछन ।
समयमा बिउ नपाउने, सिचाइको समस्या र कृषकहरुको लागत मूल्य बढि पर्ने भएपछि किसानहरुले गहुँको विकल्पमा मकैखेती रोज्न थालेका उनको भनाइ छ ।
अन्य बालिमा भन्दा मकैमा दोब्बर उत्पादन र फाइदा हुने भएपछि यहाँका कृषकहरुले व्यवसायिक रुपमा मकै खेती सुरु गरेका हुन् ।
दाना उद्योगहरुका कारण कमैको माग पनि बढ्दै गएकाले बजारको समस्या नहुने भएपछि कृषकहरु गहुँ खेती छाडेर मकै खेति तर्फ आकर्षीत भएको उनको भनाइ छ । नेपालमा उत्पादन भएको मकैले अझैपनि यहाँको माग धान्न भने सकेको छैन् ।
अझैपनि भारतबाट ४० प्रतिशत मकै आयात भइरहेको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । गतवर्ष मोरङमा हिँउदे, बसन्ते र वर्षेगरी २२ हजार ८ सय ५० हेक्टर जमिनमा मकैको खेती गरिएको थियो ।
जसबाट १ लाख ५ सय ४० मेट्रिकटन मकै उत्पादन भएको कार्यालयले जनाएको छ । यो वर्षपनि जिल्लामा मकैको खेती अरु विस्तार हुन सक्ने कार्यालयले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर