रबिन्द्र बराल
रंगेली, २५ फागुन /मघेशी मोर्चाका कार्यकर्ताले आज दोस्रो दिन बिहानैदेखि रंगेली सडक खण्डको चोक,चोकमा टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन ।
मोर्चाका कार्यकर्ताले रंगेली ,डाईनिया,झपरतल,कर्सिया,कदमाह,दादरवैरिया,राम चोक ,कटहरी लगायतका स्थानमा बिरोध कार्यक्रम गरिरहेका छन । आजै बिहान रंगेली बजारमा एमाले अध्यक्ष केपी ओली शर्मा र गृहमन्त्री बिमलेमन्द्र निधिको पुतला वनाएर रंगेली बजार परिक्रमा गरि पसपार्कमा पुतला दहन गरेका छन् ।
उनिहरुले गृहमन्त्रि राजिनादे केपि ओली मुर्दाबाट मृतकलाई सहिद धोषणा गर लगायतका नारा लगाएका थिए ।
सो कार्यक्रममा शिशुपाल यादव,पन्नालाल मण्डल,शँकर साह, दिलिप मण्डल लगायतका स्थानिय नेताहरुको सहभागि रहेका थिए ।
सो रुटमा एम्बुलेन्स ,प्रेस र दुधका गाडि चल्न दिएका छन । भने मोटरसाईकल,बस,ट्रक लगायतका सवारीसाधन लगायतका छोटो तथा लामोदुरीका सबारी साधन भने पुर्णरुपमा बन्द गराएका छन ।