AArya
RUMPUM
animated ellipse animated ellipse

प्रतिष्ठान खारेजीको विरोधमा आदिवासीले चरणबद्ध आन्दोलन गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७३, शनिबार १७:२५
3
Shares
प्रेम देवान
विराटनगर २१ फागुन / आदिवासी जनजातीहरुको एकमात्र सरकारी निकाय आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेजी गर्ने प्रक्रियाको विरोध गर्दै चरणवद्ध आन्दोलन गर्ने भएको छ ।

नेपाल आदीवासी जनजाति महासंघ मोरङ र नगर समन्वय परिषद विराटनगरले आज शनिबार बैठक बसी केन्द्रको निर्णय अनुसार आन्दोलन गर्ने भएको हो । जिल्ला, नगर , गाँउ इलाका स्तरका अध्यक्ष तथा प्रतिनिधीको भेला बसी उत्त निर्णय गरिएको नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिनलकुमार राईले बताए ।
आन्दोलन अन्र्तगत मोरङको विराटनगर, बेलबारी, उर्लाबारी र रङ्गेलीमा धर्ना, सिटी जुलुस र मानव सांङ्लो गर्ने अध्यक्ष राईले जानकारी दिए । महांसघले आगामी फागुन २६ गते जिल्ला प्रशासन, तथा नगरपालीका, गाविस तथा विदेशी राजदुत अगाडी बसेर धर्ना दिने भएको छ ।
त्यसैगरी चैत्र १ गते बृहत सिटी जुलुस र कोणसभा गर्ने भएको छ । त्यस लगत्यै चैत्र १२ गते जिल्ला सदरमुकाम तथा नगरपालीकामा बृहत मानव साङ्लो गर्ने नगर अध्यक्ष सुरेशप्रसाद सिह गनगाईले जानकारी दिए ।
यस अगाडी महांसघले मोरङको प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला मार्फत प्रधानमन्त्री कार्यालयमा ५ बुदे ज्ञापन पत्र पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर