AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्थानिय निकायको निर्वाचन आवश्यक –पौडेल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ फाल्गुन २०७३, शनिबार १६:४५
3
Shares
फाइल तस्वीर
विराटनगर, २१ फागुन / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन आन्दोलनवाट प्राप्त उपलव्धिको रक्षागदै तथा लोकतन्त्र र  संघियतालाई वचाउन पनि स्थानियतहको निर्वाचन आवश्यक रहेको वताएका छन्  ।
विराटनगर विमानस्थलमा आज विहान संचारककर्मीसंग कुरागर्दै आम नेपाली जनताले निर्वाचन चाहेकाले  तराई मधेश सवै तिर सहज रुपले निर्वाचन हुने दावी गरे ।
निर्वाचनका लागी सवै प्रक्रिया अघि वढि सकेकाले अव सवैको ध्यान निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
नेता पौडेलले  निर्वाचनलाई सफल बनाउन सकेमात्र लोकतन्त्र वालियो हुने भएकाले सवैलाई निर्वाचनमा सहभागी हुन उनले आग्रह समेत गरे ।
 उनले  निर्वाचनमा सहभागी भएर पार्टीलाई थप मजवुद वनाई आफ्ना मुद्धालाई अगाडी बढाउनेतर्फ मधेशी मोर्चा लाग्नुपर्ने उनको भनाई थियो ।
नेता पौडेल संविधान संशोधनको माग प्रती मुख्य दल गंभिर भएर लागि रहेको समेत वताए । उनले प्रजातन्त्रमा कुनैपनी दललाई निर्वाद रुपले कार्यक्रम गर्न पाउने अधिकार भएकाले दलहरुले गरेको कार्यक्रमलाई विथोल्ने अधिकार कसैलाई नभएको बताए ।
उनले वैशाखमा स्थानिय तहको निर्वाचन भएपछी मंसिरमा प्रदेश र सांसदको निर्वाचन एकै चोटी गर्न सकिने बताए ।
 एक प्रश्नमा नेता पौडैलले पार्टीलाई पद्धती र सहमतीका साथ अगाडी वढाउनु पर्नेमा त्यसो हुन नसकेको भन्दै त्यसका लागिनै नेपाली कांग्रेसको कार्य समितिको वैठक आफुहरुले माग गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर