AArya
RUMPUM
animated ellipse animated ellipse

सुनगाभा, रियान्स र मदर मधुमल्ला विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७३, शुक्रबार १८:१४
3
Shares
उर्लाबारी, २० फागुन  /प्याब्सन मोरङ क्षेत्र न. ८ को आयोजनामा उर्लाबारीमा जारी प्याब्सन मोरङ क्षेत्र न. ८ स्तरिय अन्तर स्कूल फुटबल प्रतियोगितामा सुनगाभा, रियान्स र मदर मधुमल्ला विजयी भएका छन् ।
आज शुक्रबार भएको पहिलो खेलमा सुनगाभा स्कूल वाक ओभरमा विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ । सुनगाभा र मोरङ मोडेल स्कूल विच हुनु पर्ने खेल मोरङ मोडल खेल मैदानमा समयमा नअनए पछि सुनगाभा वाक ओभरमा विजयी घोषित भएको हो ।
दोस्रो खेलमा रियान्स ईङ्ग्लीस बोर्डिङ स्कूलले पार्लेन्ट एकाडेमिलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ ।रियान्सका म्यान अफ द म्याच कृतेश श्रेष्ठले २ गोल र सगुन मगरले १ गोल गरेका थिए ।
तेस्रो खेलमा मदर मधुमल्ला बोर्डिङ स्कूलले राष्ट्रिय निर्माण स्कूललाई २–० को गोल अन्तरले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । मदर मधूमल्लाका म्यान अफ द म्याच हसिमराज श्रेष्ठ र पुस्कर दाहालले १–१ गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर