AArya
RUMPUM
animated ellipse animated ellipse

सुकुना क्याम्पसमा अनेरास्ववियूको प्यानल बिजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७३, शुक्रबार १७:५९
3
Shares
जित पछि अनेरास्ववियुले बिराटचोमा निबालिएको बिजय जूलूस तस्बिर - नवीन पौडेल/खबरपूर्वाञ्चल
नवीन पौडेल
बिराटचोक, २० फागुन / सुकुना बहुमुखी क्याम्पस बिराटचोकमा अनेरास्ववियूको प्यानल नै बिजयी भएको छ ।
आज सम्पन्न भएको मत गणना अनुसार अनेरास्ववियूका अध्यक्षका उम्मेदवार सन्तोष लिम्बुले नेबिसंघका सभापतिका उम्मेदवार सुमन ढकाललाइ ८८ मतको अन्तरले पराजित गरेका हुन ।
लिम्बुले ९ सय ९ मत ल्याए भने उनका प्रतिद्वन्दी ढकालले ८ सय २१ मत प्राप्त गरेका छन । त्यस्तै सचिबमा अनेरास्ववियूका चुडामणि रिजालले ९ सय ९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेबिसंघका बिजय तोलाङ्गीले ६ सय ९१ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियूका अजित मादेनले ९ सय ७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेबिसंघका दिपा बिष्टले ७ सय ७६ मत प्राप्त गरेकी छिन ।
सदस्य पदमा अनेरास्ववियूका अनिल कार्की, सुर्य भट्टराई, रमेश बराल, सबिता थापा, नवीन गिरी, सर्मिला गिरी र कमल कार्की बिजयी भएका छ्न ।
२०६५ सालमा भएको स्ववियू निर्वाचनमा पनि सो क्याम्पसमा अनेरास्ववियूका अध्यक्ष बद्री अर्याल बिजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर