AArya
RUMPUM
animated ellipse animated ellipse

वडा स्तरीय फुटबल प्रतियगिताको आय–व्याय सार्वजानिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७३, बिहीबार १८:४३
3
Shares
पथरी, १९ फागुन /   पथरीशनिश्चरे–२ बुद्धचौकमा अवस्थित बुद्ध युथ क्लबले दोस्रो नगर वडा स्तरीय फुटबल प्रतियगिताको आय–व्याय सार्वजानिक गरेको छ ।
पथरीस्थित पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालयमा आज विहिबार पत्रकार सम्मेलनको आयोजना गरी हिसाव सार्वजानिक गरेको हो ।
 क्लबका कोषाध्यक्ष लक्ष्मीकुमार राईले ४ लाख १२ हजार ४ सय ४२ रुपैयाँ रकम आय र २ लाख २७ हजार ४१ रुपैयाँ व्यय भएको प्रतिवेदन पेश गरे । सो क्लबले फुटबल खेलबाट १ लाख ८५ हजार ४ सय ४१ रुपैयाँ बचत गरेको जानकारी गराए । दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताका प्रथम पुरस्कार दाता पथरीशनिश्चरे २ का स्थायी वासिन्दा मधुकर राईले क्लबलाई १० हजार नगद थप सहयोग गरेका छन् ।
राईले आफ्ना स्व. बुबा सईकुमार राई र स्वः माता देविमाया राईको नाममा सहयोग गरेको उनले बताए । उनका दाजुभाइहरु कृष्णकुमार राई, लक्ष्मी कुमार राई, अर्जुन कुमार राई र मधुकर राईले संयुक्तरुपमा क्लबलाई सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर