AArya
RUMPUM
animated ellipse animated ellipse

अवैध बोइलर कुखुरा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७३, मंगलवार १७:५०
3
Shares
विराटनगर, १७ फागुन / मोरङ प्रहरीले विराटनगरको रंगेली रोड सडक खण्डबाट एक पिकअप भेनसहित अवैध बोइलर कुखुरा बरामद गरेको छ ।
मंगलबार बिहान विराटनगर वडा नम्बर १० र ११ को बिचमा पर्ने रंगेली सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ ल्याउँदै गरेको अवस्थामा अवैध बोइलर कुखुरा बरामद भएको हो ।
अवैध २ सय २५ बोइलर कुखुरा २ च ६३ नम्बरको पिकअप भेनमा लोड ल्याइँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
पक्राउ भएको कुखुराको मूल्य करि १ लाख ८० हजार रहेको र पिक अप भेन र कुखुरालाई मोरङ प्रहरीले आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन चेकपोष्ट कार्यालय विराटनगरलाई बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर