AArya
RUMPUM
animated ellipse animated ellipse

शहिद लक्ष्मी फुँयल स्मृति ग्रामिण पत्रकारिता पुरस्कार भण्डारीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७३, मंगलवार १७:०७
3
Shares
विराटनगर, १७ फागुन /शहिद लक्ष्मी फुँयल स्मृति ग्रामिण पत्रकारिता पुरस्कार मोरङका अम्वीका भण्डारीलाई प्रदान गरिएको छ ।
प्रेश सेन्टर नेपाल मोरङले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकार भण्डारीलाई सो पुुरस्कार प्रदान गरेको हो ।
उत्तरी मोरङमा रहेर लामो समयदेखि कलम चलाउदै आएका भण्डारी संयन्त्र साप्ताहिक डटकममा कार्यरत छन् । पुरस्कारको राशी १० हजार रुपैया र कदरपत्र रहेको छ । भण्डारीलाई नेकपा माओवादी केन्द्र मोरङका इन्चार्ज कुशल लिम्वुले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष वन्धु पोखरेल, सल्लाहकार अनन्तराज न्यौपाने, वरिष्ठ पत्रकार यज्ञ शर्मा, प्रेश सेन्टरका केन्द्रिय सचिव विवेक गौतम ,जिल्ला अध्यक्ष गोकुल पराजुलीले पुरस्कृत व्यक्तित्वलाई शुभकामना दिदै शहिल फुँयलको स्मरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर