AArya
RUMPUM
animated ellipse animated ellipse

जेभियर्सको बार्षिकोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०७३, सोमबार १८:०२
3
Shares
विराटनगर, १६ फागुन / टंकीसिनुवारी २ मा रहेको जेभियर्स इङ्ग्लीस स्कूलले बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न गरेको छ ।
नयाँ व्यवस्थापनको दोस्रो बार्षिक उत्सव स्कूलको प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजित गरी मनाएको छ ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा स्कूलको आन्तरिक खेलकुदमा उत्कृट विद्र्याीथहरुलाई पुरुसकृत गरिएको थियो । वर्षिक उत्सवको अवसर पारेर स्कूलमा अध्यापन गराउँदै आएका शिक्षक तथा सम्मान गरिएको थियो ।
स्कूलका अध्यक्ष जीत नारायण थापा मगरको सभापतित्वमा सम्पन्न बार्षिक उत्सवका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, प्याबसनका केन्द्रीय सदस्य राजेश दास, टंकि श्रोत केन्द्रका श्रोत व्यक्ति इन्द्र बास्तोला, स्नातकोत्तर क्याम्पसका क्याम्पस प्रमुख डा. मनोज राउत, निहारीका कलेजका क्याम्पस प्रमुख अमित ढकाल, सिटी कलेजका अध्यक्ष तिर्थराज् घिमिरे, अभिभावक प्रतिनिधि राजेश नेउपाने, तिर्थ लिम्बुलगायतले बोलेका थिए ।
स्कुलका प्रधानाध्यापक परेश पोखरेलले विद्यालय नयाँ व्यबस्थापनद्वारा सञ्चालन भए पश्चातका गतिविधि, स्तरोन्नती तथा भावी योजनाका सम्बन्धमा स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर