AArya
RUMPUM
animated ellipse animated ellipse

जेम्स स्कूलको वार्षिक उत्सव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७३, आईतवार ०९:३५
3
Shares
विराटनगर, १५ फागुन / नयाँ व्यवस्थापनका साथ सुरु भएको विराटगर–१ मा रहेको जेम्स इन्टरनेशनल बोर्डिङ स्कूलले २० औं बार्षिक उत्सव कार्यक्रम भब्य रुपमा मनाएको छ ।
स्कूलले विद्यालयको प्राङ्गमा आयोजित बार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरी मनाएको हो ।
वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
स्कूलका प्रिन्सिपल भेषराज पोखरेलले यस क्षेत्रको नमूना शिक्षण संस्था बामउने उदेश्यले आफुहरु अभिभावक र विद्यार्थीको सहयोगका साथ अघि बढ्ने बताए ।
स्कूलका अध्यक्ष डा. मनोज गुप्ताको सभापतित्वमा सम्पन्न बार्षिक उत्सवका प्रमुख अतिथि मेरिल्याण्ड कलेका अध्यक्ष गुणराज ढुङ्गेलले अभिभावकको सन्तुष्टि र नैतिकवान विद्यार्थी उत्पादन जेम्सको पहिलो प्राथमिकता हुनु पर्नेमा जोड दिए ।
बार्षिक उत्सवको अवसरमा स्कूलमा उत्कृष्ट भएकएका विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा अब्बल हुने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर