खबर पूर्वाञ्चल
१४ फाल्गुन २०७३, शनिबार १९:४१
विराटनगर, १४ फागुन /नौ विद्यार्थी संगठनले विराटनगरमा घोषणा गरेको अनिश्चितकालीन शैक्षिक संस्था हड्तालको कार्यक्रम फिर्ता लिएका छन् ।
विहिबार कालिका कन्सट्रक्सनको डोजर किचेर घाइते भएका महेन्द्र मोरङ कलेजका विद्यार्थी रुपेश यादवको विषयमा नौै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै विराटनगरमा अनिश्चितकालीन शैक्षिक संस्था हड्तालको घोषणा गरेका थिए ।
नौ विद्यार्थी संगठनसहित,कालिका कन्सट्रक्सनका प्रतिनिधि र प्रशासनबीच जिल्ला प्रहरी कार्यालय परिसरमा आज शनिबार भएको ५ घण्टा लामो वार्तामा सहमति जुटेको छ ।
दुर्घटनामा घाइते भएका यादवको उपचारमा लाग्ने सम्पुर्ण खर्च कालिका कन्सट्रक्सनले बेर्होने र उपचारपछि पनि अपाङता लगायतको समस्या देखिए सम्बन्धित पक्षले नै रोजगारको ब्यवस्थागर्ने सहमति भएको अनेरास्वीयूका केन्द्रीय सचिव वसिम आलमले जानकारी दिए ।
दुर्घटना भएको दिन विद्यार्थीमाथि लाठीचार्ज भएको बिषयमा छानबीन गरेर दोषि देखिएका प्रहरीलाई कार्वाही गर्नेलगायतको बिषयमा सहमति भएको उनले जानकारी दिए ।
वार्तामा मोरङका एसपी सन्दीप भण्डारी, प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालालगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?