विराटनगर, १४ फागुन / शिक्षा क्षेत्रमा लामो समयदेखि लागि परेका अमित ढकालले विराटनगर – १४ कलेज रोडमा ग्लोबल एजुकेशन काउन्सिेलिङ्ग सेन्टर प्रा. लि. को शाखा कार्यालय सञ्चालनमा ल्याएका छन् ।
विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि सेन्टर सञ्चालनमा ल्याएको हो ।
सेन्टरका सिइओ नासिर अहमत खान र नेकपा एमालेको वैकल्पिक पोलिट ब्यूरो सदस्य जगन्नाथ खतिवडाले संयुक्त रुपमा रिविन काटी सेन्टर सञ्चालनमा आएको छ ।
यस एजुकेशन सेन्टरबाट बिदेश गएर सुरिक्ष तरिकाले अध्यापन गर्न चाहने विद्यार्थीलाई नठगिने तरीकाले जुन सुकै देशमा विद्यार्थी पढाउने गरेको सेन्टरका निर्देशक अमित ढकालले जानकारी दिए । न्यूनतम शुल्कमा भारत, अमेरिका, अष्टेलियालगायतको विभिन्न देशहरु पढाउने गरेको बताइएको छ । २० लाख लागतमा सञ्चालनमा आएको एजुकेशन सेन्टरको मुख्य कार्यालय काठमाण्डौमा रहेको छ ।
एजुकेशन सेन्टरबाट अन्य एकजुकेसन सेन्टरभन्दा न्यूनतम शूल्कमा विद्यार्थीलाई अध्यापनमा पढाउने निर्देशक ढकालको भनाई छ ।